काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ ।
पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
लाभांश प्रस्ताव नगरे पनि गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति लिने निर्णय भने कम्पनीले गरेको छ ।
गत वर्ष कम्पनीले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।