सिद्धार्थ बैंकले वितरण गर्‍यो ४ प्रतिशत नगद लाभांश

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यस वर्षको ४ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले गत आार्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेपछि सोही दिनदेखिनै सम्बन्धित शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गरेकाले पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाएका हुन । पुस १३ गतेसम्म शेयर धितो राखी कर्जा उपयोग गरेका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त भएपछि मात्र लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका र हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार