काठमाडौं । मुलुकमा सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरु मध्ये ११ वटा वाणिज्य बैंकले मात्र लाभांश वितरण गर्ने भएको छ । ११ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्दा ९ वटाले भने लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । लाभांश वितरण गर्ने वाणिज्य बैंकहरुमा स्टान्र्डड चार्टर बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, प्राइम कर्मसियल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र सिद्धार्थ बैंक रहेका छन् । लाभांश वितरण नगर्ने वाणिज्य बैंकहरुमा नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, एनएमबि बैंक र प्रभु बैंक रहेका छन् ।
लभांश दिने निर्णय गरेका वाणिज्य बैंकले साधारण सभाबाट लाभांश रकम पारित गराई सकेका छन् । सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकले कुल २५ दशमलव ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कुल लाभांशमध्ये ६ दशमलव ५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश रहेको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश गरेर कुल १५ दशमलव ५३ प्रतिशत लाभांश दिएको हो । नबिल बैंकले १० प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत, प्राइम कर्मसियल बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४ प्रतिशत बोनस शेयर तथा लाभांश वितरण गर्न लागेका हुन् ।
शीर्षक सच्याइएको