काठमाडौं । चार दिन पछि बढेको शेयर बजार बिहीबार पुनः घटेको छ । बुधबार सामान्य अंकले बढेको शेयर बजार बिहीबार भने सामान्य अंकले घटेको हो ।
साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.३९ अंकले घटेर ४३६.६२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.०५ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९३ अंकले घटेको हो ।
बिहीबार २९६ वटा कम्पनीको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार पुगेको छ । जुन बुधबारको तुलनामा १० करोड ८८ लाख ७ हजारले बढी हो । बुधबार २९९ वटा कम्पनीको १ करोड ७ लाख ४५ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार कारोबार रकम पुगेको थियो । साथै सोमबार ३२२ वटा कम्पनीको १ करोड ३८ लाख ७० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार पुगेको थियो ।
बिहीबार ८८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १५२ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार ५ वटा समूह परिसूचक बढ्दा बाँकी ८ वटा समूह परिसूचक घटेको छ । जलविद्युत ३, उत्पादन र प्रशोधन ६४, म्युअुचल फण्ड ०.१३, व्यापार ८८ र अन्य समूह ६ अंकले बढ्दा बैंकिङ १०, विकास बैंक ४८, वित्त १४५, होटल र पर्यटन १५, लगानी ०.५८, जीवन बीमा ७८, लघुवित्त २७ र निर्जीवन बीमा ८ अंकले घटेको हो ।
बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सिन्धु विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड , जानकी फाइनान्स र नेपाल फाइनान्स रह्यो । सिन्धु विकास बैंकको २८ करोड ५७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड १८ लाख, सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको १४ करोड ४२ लाख , जानकी फाइनान्सको १३ करोड ३३ लाख र नेपाल फाइनान्सको १३ करोड २५ लाख बराबर करोबार भयो ।