लयमा फर्किदै घरजग्गा कारोबार, पुसमै ४ अर्ब २५ करोड राजस्व संकलन

काठमाडौं । घर जग्गाको कारोबार क्रमश: लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मंसिरको तुलनामा गत पुसमा राजस्व संकलनमा वृद्धि भएको छ ।

गत मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ संकलन भएकोमा पुस मसान्तसम्म ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजस्व प्राप्त भएको छ ।

विभागका अनुसार पुसमा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार ६६५ रुपैयाँ संकलन भएको छ । यस्तै, रजिष्टे्रशन दस्तुरबाट २ अर्ब ६८ करोड ७८ लाख २६ हजार १४५ रुपैयाँ, पूँजीगत लाभकरबाट १ अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ रुपैयाँ प्राप्त भएको छ ।

काठमाडौँ उपत्यका भित्रका विभिन्न ९ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ । सो कार्यालयले ४० करोड ९४ लाख ४२ हजार ७३२ रुपैयाँ राजस्व संकलन गरेको छ । यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।

यस्तै, मालपोत कार्यालय गोटीखेल ललितपुरले २ लाख ८९ हजार ८४ रुपैयाँ, मालपोत कार्याल भक्तपुरले २९ करोड ७६ लाख १३ हजार २७१ रुपैयाँ, मालपोत कार्यालय डिल्लीबजारले २१ करोड ९० लाख ९९ हजार ६८५ रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै, विभागका अनुसार, मालपोत कार्यालय चाबहिलले २२ करोड ९३ लाख ८० हजार ३६७ रुपैयाँ, कलंकी मालपोतले २१ करोड ९३ लाख ७१ हजार ७९२ रुपैयँ, मालपोत कार्याल साङ्खुले १० करोड ३२ लाख ५९ हजार ६२२ रुपैयाँ, मनमैजुले ६ करोड ६८ लाख २९ हजार ५६१ रुपैयाँ, मालपोत कार्यालय टोखाले ६ करोड ७७ लाख ३४ हजार ६९७ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १६ करोड ११ लाख ३ हजार ४८१ रुपैयाँ, मालपोत कार्यालय इनरुवा सुनसरीले १० करोड ९३ लाख ७४ हजार २५७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजस्व संकलन भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार