साताको शेयर बजार : करिब ८ अर्बले कारोबार रकम घट्दा लगानीकर्ताले गुमाए ७७ अर्ब

काठमाडौं । चार दिन खुलेको शेयर बजारमा यो साता शेयर बजारका अधिकांश सूचकहरु नकारात्मक देखिएको छ । यो सँगै लगानीकर्ताले शेयर बजारमा आफूले गरेको लगानी रकममा नोक्सानी व्यहोर्नु परेको हो ।

अघिल्लो साताको तुलनामा यो साता शेयर बजारका सूचकहरु नेप्से परिसूचक, सेनसेटिभ इन्डेक्स, शेयर कारोबार कित्ता, कारोबार रकम र कुल बजार पुँजीकरण रकममा गिरावट आएको छ । यो सँगै लगानीकर्ताहरुले ७७ अर्ब भन्दा बढी लगानी रकम गुमाएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप अघिल्लो साताको तुलनामा गत साता ७७ अर्ब ७ करोड ५५ लाखले बजार पुँजीकरण रकममा कमी आएको छ । अघिल्लो साता ४३ खर्ब ७० अर्ब ८२ करोड बजार पुँजीकरण रकम रहेकोमा यो साता ४२ अर्ब ९३ अर्ब ७४ करोड रहेको छ ।

समीक्षा अवधिमा कारोबार रकममा समेत ७ अर्ब ८५ करोड ६२ लाखले कमी आएको छ । अघिल्लो साता ३० अर्ब २६ करोड ३६ लाख कारोबार रकम रहेकोमा यो साता २२ अर्ब ४० करोड ७४ लाख रहेको छ ।

कारोबार रकम सँगै कारोबार कित्ता शेयरको संख्यामा पनि गिरावट आएको छ । अघिल्लो साताको तुलनामा यो साता कारोबार कित्ता शेयर २ करोड ३७ लाख ६८ हजारले कमी आएको हो । अघिल्लो साता ६ करोड ८१ लाख ५५ हजार शेयर कित्ता कारोबार हुदाँ यो साता सो संख्या ४ करोड ४३ लाख ८७ हजारमा सीमित भएको थियो ।

नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २७०० भन्दा मूनि रहेको छ । यो साता नेप्से परिसूचक २५८८.६२ विन्दुमा पुगेर बन्द भएको छ । जुन अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक ४६.४७ अंकले गिरावट आएको हो । अघिल्लो साता नेप्से परिसूचक २६३५.०९ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स भने ४३६.६२ विन्दुमा पुगेर बन्द भएको छ । जुन अघिल्लो साताको तुलनामा ११.९२ अंकले कम हो । अघिल्लो साता सेन्सेटिभ इन्डेक्स ४४८.५४ विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचक पनि शतप्रतिशतले घटेको छ । समीक्षा अवधिमा सबैभन्दा बढी गिरावटा वित्त, व्यापार र जीवन बीमा लगायतका सुचकमा आएको हो । अघिल्लो साताको तुलनामा गत साता बैकिङ ३८, विकास बैंक १०९, वित्त ३९३, होटल र पर्यटन ५१, जलविद्युत ५, लगानी १, जीवन बीमा १४७, उत्पादन र प्रशोधन ४८, लघुवित्त ११८, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा २६, व्यापार १५५ र अन्य समूह १८ अंकले घटेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार