काठमाडौं । हुन्डाई क्रेटा ईभी भारतमा सार्वजनिक भएको छ । अटो एक्स्पो २०२५ को दौरान शुक्रबार १८ लाख भारु ( सुरुवाती एक्स–शोरुम) मूल्यमा हुन्डाई क्रेटा ईभी सार्वजनिक भएको हो । दुई ब्याट्री विकल्पमा उपलब्ध क्रेटा ईभीको अधिकतम मूल्य १९ लाख ९९ हजार भारु (सुरुवाती एक्स–शोरुम) तोकिएको छ ।
हुन्डाई क्रेटा ईभी ५१.४ किलोवाट आवर र ४२ किलोवाट आवर ब्याट्री प्याक विकल्पमा उपलब्ध छ । ठूलो ब्याट्रीले फुल चार्जमा ४७२ किलोमिटर र सानो ब्याट्रीले ३९० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
ठूलो ब्याट्री प्याकको भर्सनले १६८ बीएचपी पावर र २५५ एनएम टर्क प्रदान गर्छ । यो तीन ड्राइभ मोड इको, नर्मल र स्पोर्टसमा उपलब्ध छ । कम्पनीले इभी ७.९ सेकेन्डमा ० देखि १०० किलोमिटर गति लिन सक्षम भएको जनाएको छ ।
क्रेटा ईभीमा आठ बोस स्पिकिर साउण्ड सिस्टम, पानोरोमिक सनरुफ, वायरलेस फोन चार्जिङ प्याड, कुभलिनियर स्क्रिन अन ड्यासबोर्ड, अल–डिजिटल ड्राइभर डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल्ड गोल्भबक्स, कुल्ड स्टोरेट कम्पार्टमेन्ट अन्डर आर्मरेस्ट, फ्रन्ट सिट भेन्टिलेसन, इलेक्ट्रोनिकली एडजस्टएबल फ्रन्ट सिट र लेभल २ एडीएएस लगायत फिचर्स दिइएको छ ।