२५ खर्ब ३६ अर्ब पुग्यो सार्वजनिक ऋणको आकार, थपियो १ खर्ब २ अर्ब

काठमाडौं ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा १ खर्ब २ अर्ब ३ करोड रुपैयाँले सार्वजनिक ऋण थप भएको छ । यो सँगै कुल सार्वजनिक ऋण दायित्व २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४ दशमलव ४६ प्रतिशत हो । जसमा आन्तरिक ऋण दायित्व १२ खर्ब ३४ अर्ब ७१ करोड रुपैयाँ र बाह्य ऋण दायित्व १३ खर्ब एक अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
कार्यालयका उपसचिव प्रकाश पुडासैनीका अनुसार पछिल्लो समय चार प्रतिशतले बढे सँगै सार्वजनिक ऋणको आकार बढेको हो । कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुरुप पुसमसान्तसम्मको अवधिमा दुई खर्ब ४० अर्ब आठ करोड रुपैयाँ सार्वजनिक ऋण प्राप्त भएको छ । जुन वार्षिक लक्ष्यको ४३ दशमलव ८९प्रतिशत हो । जसमा आन्तरिक ऋणको एक खर्ब ८१ अर्ब पाँच करोड रुपैयाँ र बाह्य ऋणको ५९ अर्ब तीन करोड रुपैयाँ प्राप्त भएको छ । जुन वार्षिक लक्ष्यको तुलनामा आन्तरिक ५५ प्रतिशत र बाह्य २७ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको लागि सरकारले सार्वजनिक ऋणको लक्ष्य पाँच खर्ब ४७ अर्ब रुपैयाँ बराबर राखेको छ । जसमा आन्तरिक ऋणको हिस्सा तीन खर्ब ३० अर्ब रुपैयाँ र बाह्य ऋणको हिस्सा दुई खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । यो सँगै बाँकी अवधिमा अर्थात् छ महिनाको अवधिमा तीन खर्ब छ अर्ब ९१ करोड रुपैयाँ सार्वजनिक ऋण प्राप्त गर्न बाँकी रहेको छ । जसमा आन्तरिक ऋण एक खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ र बाह्य ऋण एक खर्ब ५७ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।
सरकारले सरकारी खर्च सञ्चालनको लागि सार्वजनिक ऋण लिए सँगै त्यसको साँवा र ब्याज भुक्तानी गर्दै आएको पाइन्छ । चालु आर्थिक वर्षमा ऋण सेवा खर्च अर्थात् साँवा र ब्याज भुक्तानीको लागि चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बजेट विनयोजन गरेकोमा पुसमसान्तसम्म एक खर्ब ८२ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गरिएको छ । जुन वार्षिक बजेट विनियोजननको आधारमा ४५ दशमलव २८ प्रतिशत हो । कुल र्गाहस्थ उत्पादनको आधारमा मंसिरसम्म कुल ऋण सेवा खर्च तीन दशमलव २० प्रतिशत हो । कार्यालयका अनुसार आन्तरिक ऋणतर्फको साँवा÷ब्याज भुक्तानी एक खर्ब ५५ अर्ब १९ करोड रुपैयाँ रहेको छ , जसमा साँवा भुक्तानी एक खर्ब २७ अर्ब २४ करोड रुपैयाँ र ब्याज भुक्तानी २७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । बाह्य ऋणतर्फको साँवा÷ब्याज भुक्तानी २७ अर्ब २० करोड रुपैयाँ रहेको छ ,जसमा साँवा भुक्तानी २२ अर्ब ४२ करोड रुपैयाँ र ब्याज भुक्तानी चार अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
रुपैयाँ, असोजमा ३५ अर्ब ३६ करोड, कार्तिका २५ अर्ब पाँच करोड, भदौमा २४ अर्ब ५२ करोड , साउनमा २३ अर्ब १९ करोड र पुसमा ११ अर्ब ७९ करोड गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार