काठमाडौं । आज साताको पहिलो दिन आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले गिरावट आइ प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा तोकिएको छ ।