काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको पाँचौ र छैटौ साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको २०८१ पुड २० गते सम्पन्न साधारण सभाले ६ जनाको सञ्चालक समिति निर्माण गरेको छ ।
साधारण सभाले निर्वाचित गरेका सञ्चालकमा सुदिप सिंह अधिकारी,जगत बहादुर पोखरेल, बबम बहादुर गुरुङ, बासुदेब भण्डारी,नेहा अग्रवाल, राजेन्द्र अधिकारी रहेका छन् ।
साधारण सभा पश्चात २०८१ माघ ५ मा बसेको सञ्चालक समितिको वैठकले कम्पनीको सञ्चालक समिति अध्यक्षमा सुदिप सिंह अधिकारी र प्रबन्ध सञ्चालकमा जगत वहादुर पोखरेललाई चयन गरेको छ ।