सूर्योदय वोमी लघुवित्तको ३१ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ हजार २६६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

कम्पनीले माघ ६ गते सर्वसाधारणमा यी शेयर विक्रीका लागि सूचना जारी गरेको हो ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको हो ।

इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ललितपुरमा या शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले गोविन्द शर्माको नाममा रहेको यी शेयर विक्री गर्न लागेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार