२६०० माथि नेप्से, ६ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार ७.३३ अंकले घटेको शेयर बजार आइतबार दोहोरो अंकले बढेको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.४१ अंकले बढेर ४३९.०४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.८८ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७२ अंकले बढेको हो ।

आइतबार ३२५ वटा कम्पनीको १ करोड २९ लाख ८२ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार पुग्यो । जुन बिहीबारको तुलनामा ३२ करोड ३५ लाख २४ हजारले बढी हो । बिहीबार २९६ वटा कम्पनीको १ करोड १७ लाख ४९ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार पुगेको थियो । साथै बुधबार २९९ वटा कम्पनीको १ करोड ७ लाख ४५ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ८२ करोड ४९ लाख ४ हजार कारोबार रकम पुगेको थियो ।

आइतबार १७१ वटा कम्पनीको शेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आइतबार १० वटा समूह परिसूचक बढ्दा बाँकी ३ वटा समूह परिसूचक घटेको छ । बैंकिङ २, विकास बैंक ११, वित्त ६१, जलविद्युत १५, लगानी ०.३७, जीवन बीमा ११५, उत्पादन र प्रशोधन १७३, लघुवित्त १४, निर्जीवन बीमा ७९, र अन्य समूह ६ अंकले बढ्दा होटल र पर्यटन ५, म्युअुच फण्ड ०.०९ र व्यापार ६ अंकले घटेको हो ।

आइतबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सुपर मार्दी हाइड्रोपावर लिमिटेड, सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड , सिन्धु विकास बैंक र पोखरा फाइनान्स रह्यो ।  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २६ करोड ८५ लाख, सुपर मार्दी हाइड्रोपावर लिमिटेडको २४ करोड ४५ लाख, सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको १५ करोड १५ लाख , सिन्धु विकास बैंकको १४ करोड ९२ लाख र पोखरा फाइनान्सको १३ करोड ८३ लाख बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार