काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा शतप्रतिशतले बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा शतप्रतिशतले बढेको जनाएको हो ।
आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप संस्थाको चालु आर्थिक वर्षको पुसमसान्तसम्म १ करोड ५४ लाख ६३ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७७ लाख ३५ हजारले बढी हो । गत आर्थिक वर्षको पुसमसान्तसम्ममा संस्थाको नाफा ७७ लाख ३५ हजार रहेको थियो ।
समीक्षा अवधिमा संस्थानको सञ्चालन मुनाफा, सञ्चालन आम्दानी र ब्याज आम्दानी समेत घटेको छ । पुसमसान्तसम्म सञ्चालन नाफा २ करोड ४५ लाख ३९ हजार रहेको छ । संस्थाको सञ्चालन मुनाफा जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ करोड ६५ लाख ६३ हजारले बढी हो । गत आर्थिक वर्षको पुसमसान्तसम्ममा संस्थाको सञ्चालन नाफा ७९ लाख ७६ हजार रहेको थियो ।
चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा कुल सञ्चालन आम्दानी ७ करोड १३ लाख ८७ हजार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ करोड ८४ लाख ८५ हजारले बढी हो । गत आर्थिक वर्षको पुसमसान्तसम्ममा संस्थाको कुल सञ्चालन आम्दानी ४ करोड २९ लाख २ हजार रहेको थियो ।
चालु आर्थिक वर्षको पुसमसान्तसम्म संस्थाको कुल ब्याज आम्दानी ५ करोड ६४ लाख ५७ हजार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमो तुलनामा २ करोड ७५ लाख ४० हजारले बढी हो । गत आर्थिक वर्षको पुसमसान्तसम्ममा संस्थाको कुल ब्याज आम्दानी २ करोड ८९ लाख १७ हजार रहेको थियो ।
समीक्षा अवधिमा सम्पत्तिमा भने वृद्धि भएको छ । चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा संस्थाको कुल सम्पत्ति १ अर्ब ९५ करोड ५२ लाख ७९ हजार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा ४४ करोड २९ लाख ३६ हजारले बढी हो । गत आर्थिक वर्षको पुसमसान्तसम्मा संस्थाको कुल सम्पत्ति १ अर्ब ५१ करोड २३ लाख ४३ हजार रहेको छ ।
चुक्ता पुँजी १ अर्ब ९५ करोड ५२ लाख ७९ हजार रहेको संस्थाका जगेडा कोषमा ४ करोड २६ लाख सञ्चित रकम रहेका छ । खराब कर्जा ४८ .३२ प्रतिशत खराब कर्जा रहेको संस्थाको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७० पैसा, प्रति शेयर नेटवर्थ १३६ रुपैयाँ ८३ पैसा , मुल्य आम्दानी अनुपात (पीइ रेसियो) ८७.२८ र तरलता अनुपात ७.९९ प्रतिशत रहेको छ ।