काठमाडौं । एन आई सी एशिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा रहेको ९८,००,००० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
यो शेयर खरिद गर्न ईच्छुक ब्यक्ति संस्थाले आजको मितिले ७ दिन भित्रमा बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं-१० बानेश्वर कागजात संलग्न गरी कानून विभागमा लिखित आवेदन दिनु पर्ने बैङ्कले जनाएको छ । यस अघि बैङ्कले सो शेयर बिक्रिको लागि बिध्यमान संस्थापक शेयरधनीक लागि ३५ दिनको समय दिएर सुचना प्रकाशित गरेको थियो । सो समय भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदको लागि आबेदन माग नभएकोले ब्यक्ति संस्थाले खरिद गर्न पाउने गरी सुचना जारी गरेको बैङ्ले जनाएको छ ।