सुनको मूल्य घट्यो चाँदीको स्थिर

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार तोकिएको छ । यो सँगै सुनको मूल्य प्रतितोला १ सयले घटेको हो ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रहेको थियो ।

सोमबार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार ६ सय ५ कायम गरिएको छ । आइतबार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार ६ सय ९० रहेको थियो ।

सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० तोकिएको छ । यो सँगै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६० मा कारोबार भएको थियो ।

सोमबार १० ग्राम चाँदीको १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा तोकिएको छ । आइताबर पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार