वाणिज्य बैंकहरुले कमाए २७ अर्ब ४३ करोड मुनाफा, प्रभु बैंकले कमायो सबैभन्दा बढी मुनाफा

काठमाडौं । मुलुकभर सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको मुनाफा २७ अर्ब भन्दा बढी रहेको छ । यसै सातासार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुरुप वाणिज्य बैंकहरुको मुनाफा उक्त मात्रामा रहेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा वाणिज्य बैंकहरुको नाफा २७ अर्ब ४३ करोड ६९ लाख रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमो तुलनामा ५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख नाफा कमाएका थिए ।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा प्रभु बैंक, ग्लबोल आइएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा र एभरेष्ट लगायतका बैंकहरुले कमाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ३३ करोड ६१ लाख, ग्लोबल आइएमइले ३ अर्ब ५ करोड ३४ लाख, एनएमबी बैंकले २ अर्ब ३५ लाख ,लक्ष्मी सनराईज बैंकले १ अर्ब १६ करोड २० लाख , नेपाल एसबिआई बैंकले ९० करोड २ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८३ करोड २३ लाख, सानिमा बैंकले १ अर्ब १९ करोड २३ लाख ,हिमालयन बैंकले १ अर्ब ५१ करोड ८७ लाख, एभरेष्ट बैंकलले २ अर्ब ७ करोड ४७ लाख नाफा कमाएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा प्रभुले ७२ करोड ३ लाख, ग्लोबल आइएमई बैंकले २ अर्ब ४ करोड २३ लाख, एनएमबी बैंकले १ अर्ब ३७ करोड ५९ लाख , लक्ष्मी सनराईज बैंकले १ अर्ब ५ करोड ९२ लाख, नेपाल एसबिआई बैंकले ८४ करोड ५ लाख ,
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८० करोड १९ लाख, सानिमा बैंकले १ अर्ब १३ करोड ८६ लाख , हिमालयन बैंकले १ अर्ब ५० करोड ३९ लाख र एभरेष्ट बैंकलले १ अर्ब ७१ करोड ३१ लाख कमाएको थियो ।
समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक लगायतका वािण्ज्य बैंक रहेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार