काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ३ अर्ब २४ करोड ४२ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ करोड ११ लाखले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब २० करोड ३० लाख नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले उक्त जानकारी दिएको हो ।समीक्षा अवधिमा अर्थात् चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रहेको छ । बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १४ लाख रहेको छ ।
बैंकको निक्षेप ४ खर्ब ८० अर्ब २४ करोड र कर्जा प्रवाह ३ खर्ब ९१ अर्ब ६१ करोड रहेको छ । २७ अर्ब ५ करोड चुक्ता पुँजी रकेको बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड १७ लाख रहेको छ भने बैंकको प्रति शेयर आम्दानी २३ रुपैयाँ ७४ पैसाबाट बढेर २४ रुपैयाँ ५ पैसा रहेको छ । बैंकको खराब कर्जा भने १.२० प्रतिशतबाट बढेर १.७० प्रिितशत पुगेको छ भने बेस रेट ६.३१ प्रतिशत रहेको छ ।