राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा पौने ३ अर्ब

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा बढेको छ । यसै साता विकास बैंकहरुले आफनो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै राष्ट्रियस्तरको ११ वटा विकास बैंकहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ प्रतिशतले नाफा बढेको देखिन्छ ।

११ वटा विकास बैंकहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४ प्रतिशत अर्थात् ३३ करोड ५३ लाखले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा उक्त बैंकहरुको नाफा २ अर्ब ३३ करोड २१ लाख रहेको थियो ।

समीक्षा अवधिमा सबैभन्दा बढी ज्योति विकास बैंक, साँग्रीला विकास बैंक, सिन्धु विकास बैंक र मुक्तिनाथ विकास बैंकहरुले नाफा कमाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ज्योति विकास बैंकले २५ करोड १ लाख, साँग्रीला विकास बैंकले १९ करोड ६५ लाख, सिन्धु विकास बैंकले ४ करोड ८७ लाख, कामना सेवा विकास बैंकले ३२ करोड २४ लाख, , कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ७ लाख, गरिमा विकास बैंकले ५५ करोड ५८ लाख,मुक्तिनाथ विकास बैंकले ५० करोड ३१ लाख र महालक्ष्मी विकास बैंकले २८ करोड ७४ लाख नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको सोहि अवधिमा ज्योतिले १० करोड १० लाख, साँग्रीला विकास बैंकले १०९ करोड २ लाख, सिन्धु विकास बैंकले २ करोड ५१ लाख, कामना सेवा विकास बैंकले २५ करोड ८९ लाख, गरिमा विकास बैंकले ४७ करोड ९६ लाख, मुक्तिनाथ विकास बैंकले ४२ करोड, कर्पोरेट डेभलपमेन्ट बैंकले ९१ लाख , महलाक्ष्मी विकास बैंकले २७ करोड ८ लाख नाफा कमाएका थिए ।

शीर्षक सुधार गरिएको

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार