काठमाडौं । साताको पहिलो दिनदेखि निरन्तर बढेको शेयर बजार मंगलबार पनि बढेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ अंकले बढेर ४४०.१४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२२ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२१ अंकले बढेको हो ।
मंगलबार ३११ वटा कम्पनीको १ करोड १६ लाख २६ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब १९ करोड १ लाख ४१ हजार रह्यो । जुन सोमबारको तुलनामा ३८ करोड ३ लाख ३६ हजारले बढी हो । सोमबार ३११ वटा कम्पनीको १ करोड ३६ लाख ७७ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार पुगेका थियो । साथै
मंगलबार १०६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२९ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार ९ वटा समूह परिसूचक बढ्दा बाँकी ४ वटा समूह परिसूचक घटेको छ । विकास बैंक ११, होटल र पर्यटन ५२, लगानी ०.७४, जीवन बीमा १४०, उत्पादन र प्रशोधन ५३, निर्जीवन बीमा २२४ र अन्य समूह ५५ अंकले बढ्दा बैकिङ ५, वित्त २७, जलविद्युत ३४, म्युअुचल फण्ड ०.०९ र व्यापार ९४ अंकले घटेको हो ।
मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सिइडिबी होल्डीङस लिमिटेड , सप्तकोशी विकास बैंक, नेपाल रिइन्योरेन्स कम्पनी, सुपर मार्दी हाइड्रोपावार र माथिल्लो मैलुङ जलविद्युत अयोजना रह्यो । सिइडिबी होल्डीङस लिमिटेडको २३ करोड ७६ लाख , सप्तकोशी विकास बैंकको २१ करोड ६६ लाख, नेपाल रिइन्योरेन्स कम्पनीको २० करोड ५३ लाख, सुपर मार्दी हाइड्रोपावारको १६ करोड ४३ लाख र माथिल्लो मैलुङ जलविद्युत अयोजनाको १५ करोड ८३ लाख बराबरको कारोबार भयो ।