एनएलजी इन्स्योरेन्सको ९३ लाख  कित्ता हकप्रद शेयर  बाँडफाँट

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ ।

कम्पनीले माघ ६ गते कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूबाट रितपूर्वक प्राप्त आवेदनहरूलाई समावेश गरी ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत दरले हुन आउने ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गरेकोमा ३ लाख २० हजार ५३३ दशमलव २२ कित्ता भने वितरण हुन सकेन । यो चरणमा वितरण हुन नसकेको यी शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम माघ ९ गतेदेखि सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने जानकारी विक्री प्रबन्धकले दिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार