एनएमबि क्यापिटल ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ निष्कासन गर्दै

काठमाडौं । एनएमबि क्यापिटलले आगामी माघ २४ गतेदेखि आफ्नो सामूहिक लगानी कोष ‘एनएमबि हाइब्रिड फण्ड एल–२’ को इकाई सार्वजनिक निष्कासन गर्ने भएको छ। क्यापिटलले एनएमबि हाईब्रिड फण्ड एल–२ नामक योजना सञ्चालनका लागि माघ २४ गतेदेखि इकाई निष्कासन गर्न लागेको हो । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत यो योजना सञ्चालन गर्न लागेको हो ।

दश वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना सञ्चालनका लागि क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन गर्न लागेको हो । प्रतिइकाई १० रुपैयाँ अंंकित मूल्यमा यी इकाई निष्कासनमा आउन लागेको हो ।

१२ करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रबद्र्धक एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । यी बाहेक बाँकी रहेको १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

यो इकाई निष्कासन अवधि छिटोमा माघ २८ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि फागुन ८ गतेसम्म विक्री लम्बिन सक्ने जानकारी योजना व्यवस्थापकले दिएको छ । आवेदन दिंदा न्युनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाई सम्म माग गर्न सकिनेछ ।

निष्कासन तथा विक्री प्रबन्धकको रुपमा रहेको एनएमबि क्यापिटल र आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार