CLI

गल्फ अफ मेक्सिको लाई “गल्फ अफ अमेरिका बनाउने प्रस्ताव सहित, ट्रम्पको भाषण

काठमाडौं । ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि पुनरागमन गरेका डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औ. राष्ट्रपटिको रुपमा सोमबार शपथग्रहण गरेका छन् ।

प्रमुख राजनीतिक व्यक्तित्वहरू र नागरिकहरूलाई सम्बोधन गर्दै आफ्नो भाषण सुरु गरेका ट्रम्पले अमेरिकाको ‘सुनौलो युग’ सुरू भएको घोषणा गर्दै अघिल्लो सरकारको भ्रष्टाचारले जनताको विश्वास गुमेको आरोप लगाए ।

डोनाल्ड ट्रम्पको भाषणका मुख्य पाँच विषयः

१. अमेरिकाको स्वर्ण युग

ट्रम्पले आफ्नो भाषणको सुरुवात आशा जगाउने खालको कुराबाट सुरु गरे ।
‘अहिलेबाटै अमेरिकाको स्वर्ण युग सुरु हुन्छ,’ उनले भने, ‘आजका दिनदेखि हाम्रो देश फस्टाउने छ र सम्मानित हुनेछ।’

राष्ट्रपतिले अहिलेको अमेरिकाको गम्भीर मूल्याङ्कनको प्रस्ताव गरे। उनले ‘कट्टर र भ्रष्ट संस्थापन’का कारण अमेरिकाले ‘देशभित्रको साधारण सङ्कट पनि व्यवस्थापन गर्न नसकेको’ आरोप लगाए। लस एन्जलसमा भएको आगलागी नियन्त्रणमा देखिएको विफलतातर्फ सङ्केत गर्दै उनले त्यस्तो आरोप लगाएका थिए।

‘अब हामी अझै पनि हाम्रो फाइदा उठाउने विषयलाई स्वीकार्दैँनौँ,’ उनले भने।

२. अमेरिका–मेक्सिको सीमामा नेशनल इमरजेन्सी

डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध रुपमा आप्रवासी प्रवेशलाई रोक्न मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा गर्ने बताए । उनले यस सम्बन्धमा कार्यकारी आदेश जारी गर्ने बताए । साथै उनले लाखौं अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने प्रक्रिया सुरु गर्ने बताए । साथै उनले ‘गल्फ अफ मेक्सिको’को नाम बदलेर ‘गल्फ अफ अमेरिका’ राख्ने पनि बताए ।

३. अब दुईवटा लिङ्ग मात्र

उनले अमेरिकामा दुईवटा मात्र लिङ्ग रहेको आधारमा नीतिहरू बन्ने बताए।

उनले भने, ‘यो अबदेखि संयुक्त राज्य अमेरिका सरकारको आधिकारिक नीति हुनेछ, यहाँ दुई लिङ्ग मात्र छन्ः पुरुष र महिला।’

ट्रम्पले ‘सार्वजनिक र निजी जीवनका हरेक हरेक पक्षमा’ जाति र लिङ्गका आधारमा गरिने’ सोशल इन्जिनिअरिङूलाई विफल पार्ने वाचा गरे ।

उनले कलर ब्लाइन्डु अर्थात् रङ्गहरू नचिन्ने र योग्यतामा आधारित देश बनाउने वाचा पनि गरे ।

४. मङ्गलग्रहमा अमेरिकी झण्डा

ट्रम्पले आफ्नो अन्तरिक्ष नीति तथा प्रतिबद्धताबारे पनि उल्लेख गरे। ट्रम्पले भने “हामी ताराहरूतर्फ अघि बढ्छौँ र मङ्गलग्रहमा हाम्रो झण्डा फहराउनेछौँ।“

५. मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रतिबद्धता 

ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रतिबद्धता पनि जनाए । त्यसका लागि सबैलाई जोड्न नेतृत्व गर्ने उनको भनाइ छ ।

ट्रम्पले नेतृत्व गरेपछि रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्ध रोकिने अनुमान कतिपयले गरिरहेका छन् ।

अमेरिका पूरै विश्वका लागि प्रेरणा र प्रशंसाको केन्द्र बन्ने बताउँदै ट्रम्पले भने, ‘अमेरिका आफ्नो सही स्थान हासिल गर्दै सबैभन्दा महान, शक्तिशाली र सम्मानित देश बन्ने छ ।’

Leave Your Comment

Related News