गण्डकी प्रदेशमा चिनियाँ दूतावासद्वारा स्मार्ट कक्षा सुरु

काठमाडौं । नेपालमा डिजिटल शिक्षालाई अगाडि बढाउन र प्रतिभा विकासलाई बढावा दिन प्रमुख कदमको रुपमा, नेपालस्थित चिनियाँ दूतावासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा गण्डकी प्रदेशमा पहिलो पटक स्मार्ट कक्षाको सुरुवात गरेको छ । ह्वावेको अत्याधुनिक शैक्षिक प्रविधिले सुसज्जित कक्षा कोठा माघ ६ गते लमजुङको क्ह्लोसोथार गाउँपालिकास्थित श्री बुद्धोदय माध्यमिक विद्यालयमा आधिकारिक रूपमा उद्घाटन गरिएको थियो ।

यस परियोजनामा प्रमुख साझेदारको रूपमा हुवावेले अत्याधुनिक सिकाइ समाधानहरू प्रदान गरेको छ, जसमा ह्वावे आइडिया हब (इंटरएक्टिव व्हाइटबोर्ड), ल्यापटपहरू, डेस्कटपहरू, वाइफाइ, पूर्वाधार र समग्र अनलाइन सिकाइ प्लेटफर्महरू समावेश छन्।। यो पहलले डिजिटल खाडललाई कम गर्न मद्दत गर्दछ, जसले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई उच्चगुणस्तरको शैक्षिक सामग्रीमा पहुँच र विश्वव्यापी स्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने सुनिश्चित गर्दछ ।

उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसहित प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए । जसले ग्रामीण नेपालमा शैक्षिक चुनौतीहरूलाई सम्बोधन गर्न यस पहलको महत्त्वलाई प्रकाश पारेका थिए । मन्त्री गुरुङले भने, ”यो पहलले ग्रामीण नेपालमा डिजिटल खाडललाई कम गर्ने र शैक्षिक अवसरहरू बढाउने दिशामा एक महत्वपूर्ण कदमको संकेत गर्दछ । श्री बुद्धदया माध्यमिक विद्यालयमा उन्नत प्रविधि ल्याउनको लागि चिनियाँ दूतावास, ह्वावे नेपाल र सञ्चार मन्त्रालयबीचको सहकार्यको म प्रशंसा गर्दछु, जसले विद्यार्थीहरूलाई डिजिटल युगमा सफल हुन आवश्यक सीपहरू प्रदान गर्नेछ । हामी नेपालको भविष्यलाई आकार दिन प्रविधिले प्रमुख भूमिका खेल्छ भन्ने कुरा सुनिश्चित गर्न प्रतिबद्ध छौं र यो स्मार्ट कक्षाकोठा त्यो यात्रामा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो ।”

नेपालका लागि चीनका राजदूत चेन सोङको विशेष भिडियो सन्देशमा भनिएको छ, ”यो परियोजना चीन-नेपाल सहयोग र डिजिटल शिक्षा बढाउने हाम्रो प्रतिबद्धताको प्रदर्शन हो । श्री बुद्धोदय माध्यमिक विद्यालयलाई नवीनतम स्मार्ट कक्षाकोठा समाधानहरूले सुसज्जित गरेर, हामी प्रतिभाको अर्को पुस्तालाई बढावा दिने, प्रविधि मार्फत शिक्षामा रहेको खाडललाई कम गर्ने लक्ष्य राख्छौं । हामी यो दृष्टिकोणलाई वास्तविकता बनाउन हुवावेसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं र नेपालभरि यस्तै पहलहरूको लागि तत्पर छौं ।”

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार