काठमाडौं । नेपाल सरकारले कुनै कम्पनी व्यासायीक फर्मले कम्पनी रजिष्टार कार्यलयमा बुजाउनु पर्ने विवरण सुचना जानकारी नबुझाएको भएमा र त्यस्तो कम्पनी फर्मले कम्पनी रजिष्टारको कार्यालयमा कार्यालयमा बुझाउन चाहेर विवरण, सूचना वा जानकारी २०८२ साल असार मसान्तभित्र बुझाएमा लाग्ने बिलम्ब शुल्क र जरिबानामा ९० प्रतिशत छुट दिने भएको छ । सो कुराको जानकारी कम्पनी रजिष्टारको एक सुचना प्रकाशित गरेर जाकारी दिएको हो ।
सरकारले कम्पनी खारेजी सम्वन्धि पनि बिशेष व्यबस्था गरेको छ । सरकारले व्यबसायिक वातावरण निर्माण गर्न भनेर पुष २८ गते आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशको जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले सिफारिस गरेका अध्यादेशमा राष्ट्रपतिले स्वीकृत गरे पश्चात नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । यहि अध्यादेशको आधारमा सरकारले यस्तो व्यबस्था गरेको हो ।
सरकारले व्यासायीक फर्म संस्थालाई कार्य गर्न सहज होस र व्यावसायी वातावरण निर्माण गर्न सुष्त रहेको आर्थिक अवस्थालाई सुधार गर्न खोजेको जनाएको छ ।