५२ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ९ अर्ब बढी

काठमाडौं । लगातार तीन दिन घटेको शेयर बजार बुधबार भने उच्च अंकले बढेको छ ।
बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ८.६५ अंकले बढेर ४४८.८० विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ३.२२ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.६७ अंकले बढेको हो ।

बुधबार ३२२ वटा कम्पनीको १ करोड ७६ लाख ९२ हजार कित्ता शेयर हुदाँ कारोबार रकम ९ अर्ब २० करोड ३० लाख ८८ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा ३ अर्ब १ करोड २९ लाखले बढी हो ।
मंगलबार ३११ वटा कम्पनीको १ करोड १६ लाख २६ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब १९ करोड १ लाख ४१ हजार रहेको थियो ।

बुधबार १९६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३७ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार १३ वटा समूह परिसूचक बढेको छ । बैंकिङ १८, विकास बैंक १४७, वित्त २३, होटल र पर्यटन १८२, जलविद्युत ७८, लगानी ४, जीवन बीमा २४३, उत्पादन र प्रशोधन ६, लघुवित्त ५२, म्युअुचल फण्ड ०.०९, निर्जीवन बीमा १२८, व्यापार १०७ र अन्य समूह ८५ अंकल बढेको छ ।

बुधबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनी,हिमालयन रिइन्स्योरेन्स, सिइडिबी होल्डीङस लिमिटेड र सप्तकोशी विकास बैंक रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ६१ करोड ३६ लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४१ करोड २९ लाख ,हिमालयन रिइन्स्योरेन्सको ३१ करोड ९६ लाख, सिइडिबी होल्डीङस लिमिटेडको २९ करोड ४२ लाख र सप्तकोशी विकास बैंकको २५ करोड ८ लाख बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार