CLI

हालसम्म दुई वटा जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश

काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरु मध्ये हालसम्म दुई वटा कम्पनीले लाभांश वितरणको घोषणा गरेका छन । आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस कम्पनीले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१ दशलमव ०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा कम्पनीले १० प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ११ दशलमव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यस कम्पनीले भने माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै लाभांश प्राप्त गर्न सक्नेछन् भने साधारण सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले २५ औँ वार्षिक साधारणसभा माघ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ।

Leave Your Comment

Related News