दुई विकास बैंक राष्ट्र बैंकको कारबाहीमा, सात बैंकका सीईओलाई सचेत गराइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई विकास बैंकहरुलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको त्रैमासिक अवधिमा नियम पालना नगर्ने दुई विकास बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्ने गरिमा विकास बैंक र कर्णाली डेभलपमेण्ट बैंक रहेका छन् ।

केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले चालु आवको दोस्रो त्रैमासमा बैंकहरु, बैंक अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अन्तर्गतको व्यवस्था उल्लंघन गरेकाले कारबाही गरेको हो ।
नेपाल राष्ट्र बैंकले २०८१ पुस ९ गतेको पत्रबाट डेभलपमेण्ट बैंकका निक्षेपकर्ताको बचत रकम भुक्तानी गर्न उल्लेखनीय रुपले असमर्थ रहेको हुँदा संस्थाको सञ्चालक समितिको निर्णय सहित नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६क. अनुसार यस बैंकलाई जानकारी गराई उपचारात्मक कारवाही तथा सहयोगको लागि अनुरोध गरेकाले यस बैंकको सञ्चालक
समितिको निर्णयानुसार उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख. बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा ८६ग. को उपदफा (२) मा भएको व्यवस्था बमोजिम संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरिएको र सोही ऐनको दफा ८६ग. को उपदफा (१) बमोजिम संस्थाको सञ्चालन तथा
व्यवस्थापन यस बैंकबाट गठित व्यवस्थापन समुहमार्फत आफ्नो नियन्त्रणमा लिएको हो ।

केन्द्रीय बैंकले गरेको स्थलगत निरीक्षणको क्रममा कालोसूची मै रही रहेका ऋणीलाई व्यक्तिगत
अधिविकर्ष कर्जा प्रवाह गरेको पाइएकाले गरिमा विकास बैंकललाई नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को खण्ड (क) बमोजिम सचेत गराइएको छ ।

लुम्बीनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, मुक्तीनाथ विकास बैंक, सालपा विकास बैंक, गरिमा विकास बैंक र सप्तकोशी डेभलपमेण्ट बैंकका सीईओलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

यी सात विकास बैंकले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी यस बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हँुदा ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार