राष्ट्र बैंकले सेन्ट्रल फाइनान्सलाई ९ हजार जरिबाना तिरायो, आठ फाइनान्सका सीईओलाई सचेत गराइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको त्रैमासिक अवधिमा नियम पालना नगर्ने दुई फाइनान्सलाई राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्ने पोखरा फाइनान्स र सेन्ट्रल फाइनान्स रहेका छन् ।

केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले चालु आवको दोस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात नपुग भएकोले सेन्ट्रल फाइनान्सलाई नगद जरिबाना गरेको हो । सेन्ट्रल फाइनान्सलाई ९ हजार १०६ रुपैयाँ नगद जरिबाना गरिएको छ । सेन्ट्रल फाइनान्सले २०८१ मंसिर ०८ देखि २०८१ पुस १३ सम्म (P12) को अवधिमा नियामकीय व्यवस्था अनुसार
कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४७ तथा यस बैंकबाट जारी इ.प्रा. निर्देशन नं.१३/०८० को बुँदा नं १ को उपबुँदा ३, ४ र ५ तथा इ.प्रा. निर्देशन नं. २१/८० को बुँदा नं. ७ ( संशोधन समेत) मा भएको ब्यवस्था बमोजिम संस्थालाई पहिलो पटकका लागि रु.९१०६.०९ नगद जरिवाना गरिएको हो ।

स्थलगत निरीक्षणको क्रममा पोखरा फाइनान्सको सञ्चालक समितिले आफै वा आफू अन्तर्गतका समितिहरु मार्फत पर्याप्त निगरानी नगरेको कारण संस्था समस्याउन्मुख अवस्थामा पुग्न गएको हुँदा सो सम्बन्धमा संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजम सचेत गराइएको हो ।
साथै नियाकले ८ फाइनान्सका सीईओहरुलाई सचेत गराएको छ । पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेको परामर्शदाताले पेश गरेको प्रतिवेदनमा संस्थाहरुबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणकबाट तयार गरी यस बैंकमा पेश गरेको प्रतिवेदनमा खुलाइए अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र यस बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको हँुदा ७ वटा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराईएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार