CLI

पोखरा फाइनान्स मर्जरमा जाने

काठमाडौं । पोखरा फाइनान्स मर्जरमा जाने तयारी गरेको छ । फाइनान्स अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने तयारीस्वरुप समिति निर्माण गरेको छ ।

पोखरा फाइनान्सको २०७९ पुस ३० गते र २०८० पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाहरुले उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी प्राप्ति वा गाभिने (मर्जर तथा एक्विजिन) प्रक्रिया अगाडि बढाउन उचित देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ। सञ्चालक समितिको माघ ९ गते बसेको बैठकले मर्जर तथा एक्विजिन प्रक्रिया बढाउन समिति गठन गरेको हो।

अब सोही समितिमार्फत कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन सम्पूर्ण कार्य गर्नेछ।

Leave Your Comment

Related News