काठमाडौं । चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख बीमा शुल्क संकलन गरेका छन् । मंसिमसान्तको तुलनामा पुसमसान्तमा कम्पनीहरुको बीमा शुल्क संकलन २१.५७ प्रतिशतले बढेको हो । मंसिरमसान्तसम्म कम्पनीहरुको कुल बीमा शुल्क संकलन १७ अर्ब १७ करोड ७७ लाख रहेको थियो ।
नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुरुप मंसिरमसान्तसम्म कम्पनीहरुले ११ लाख ३७ हजार २७२ बीमालेख बिक्री गरेका छन् । पुसमसान्तसम्म कम्पनीहरुले बीमालेख बिक्री गरेको संख्या १३ लाख ८९ हजार ३१९ रहेको छ ।
प्राधिकरणका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमा शुल्क संकलन गरेको छ , त्यसपश्चयात सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लगायतका कम्पनी रहेको छ ।
शिखर इन्स्योरेन्सले २ अर्ब ५९ करोड , सगरमाथा लुम्बिनीले २ अर्ब ५५ करोड ,सिद्धार्थ प्रिमियरले २ अर्ब १३ करोड , आईजीआई प्रुडेन्सियलले १ अर्ब ७३ करोड , हिमालयन एभरेष्टले १ अर्ब ७१ करोड , नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड , एनएलजीले १ अर्ब ४० करोड बीमा शुल्क संकलन गरेका छन् ।
ओरिएण्टलले १ अर्ब ३४ करोड , युनाइटेड अजोडले १ अर्ब २० करोड ,सानिमा जिआईसीले १ अर्ब १९ करोड ,नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ९ करोड , प्रभु इन्स्योरेन्सले ९० करोड ,राष्ट्रिय बीमा कम्पनीले ७१ करोड र नेशनल इन्स्योरेन्सले ६२ करोड बीमा शु्ल्क संकलन गरेका छन् ।
रकम लाखमा