११ अंकले घट्यो नेप्से, १ अर्ब ३४ करोडले घट्यो कारोबार रकम

काठमाडौं । बुधबार ५२ अंकले बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने दोहोरो अंकले घटेको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.९९ अंकले घटेर ४४६.८१ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.७९ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७६ अंकले घटेको हो ।

बिहीबार ३१८ वटा कम्पनीको १ करोड ५१ लाख ४ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार पुग्यो । जुन बुधबारको तुलनामा १ अर्ब ३४ करोड ५२ लाख ९६ हजारले कम हो । बुधबार ३२२ वटा कम्पनीको १ करोड ७६ लाख ९२ हजार कित्ता शेयर हुदाँ कारोबार रकम ९ अर्ब २० करोड ३० लाख ८८ हजार पुगेको थियो ।

साथै बिहीबार बजार पुँजीकरण रकम ४४ खर्ब २ अर्ब ७६ करोड ६६ लाख रह्यो ।

बिहीबार ८६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार २ वटा समूह परिसूचक बढ्दा बाँकी ११ वटा घटेको छ । विकास बैंक ४६ र उत्पादन र प्रशोधन ०.३५ अंकले बढ्दा बैंकिङ ८, वित्त ६४, होटल र पर्यटन ५४, जलविद्युत २१, लगानी ०.८३, जीवन बीमा २, लघुवित्त ०.५८, म्युअुचल फण्ड ०.०५, निर्जीवन बीमा ९५, व्यापार १० र अन्य समूह ७ अंकल घटेको हो ।

बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, युनाइटेड मार्दी हाइड्रोपावर, सिन्धु विकास बैंक र हिमालयन रिइन्स्योरेन्स रह्यो । सप्तकोशी विकास बैंकको ३० करोड ८९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ३८ लाख, युनाइटेड मार्दी हाइड्रोपावरको १९ करोड ५५ लाख, सिन्धु विकास बैंकको १७ करोड १६ लाख र हिमालयन रिइन्स्योरेन्सको १६ करोड ८६ लाख बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार