CLI

बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले इच्छा देखाए

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो।

अर्थ मन्त्रालय स्रोतका अनुसार आवेदन दिनेहरूमा बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मी र प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं लगायत छन्। यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नागरिकता किर्ते मुद्दाका कारण मंसिर अन्तिम साता निलम्बित भएका थिए। उनको कार्यकाल माघ १९ मा सकिंदै थियो।

सिफारिस समितिले प्राप्त आवेदनहरूबाट योग्य उम्मेदवारहरूको सर्टलिस्ट तयार गर्नेछ। सर्टलिस्ट भएका उम्मेदवारहरूले कार्ययोजना प्रस्तुत गरेपछि अन्तर्वार्ता लिइनेछ। अन्तर्वार्तापछि तीन जनाको नाम मन्त्रिपरिषद्को अनुमोदनका लागि सिफारिस गरिनेछ। मन्त्रिपरिषद्ले सिफारिस भएका तीनमध्ये एक जनालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ।

Leave Your Comment

Related News