टीभीएसद्वारा ‘स्किल फेस्ट’ आयोजना, ३० जना उत्कृष्ट टेक्निसियन छनोट

काठमाडौं । टीभीएस मोटर कम्पनीले  राष्ट्रिय स्तरको सिप प्रतियोगितामा जेएमपीएल नेपाल सम्पन्न गरेको छ ।  काठमाडौंमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरू सहभागी रहेका थिए  ।

प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्निसियन्सहरु नेपालभरबाट छानिएका उत्कृष्ट टेक्निसियन हुन् । टेक्निसियनहरूले अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरेको बताइएको छ ।

शीर्ष ३० टेक्निसियनहरू मध्येबाट उत्कृष्ट ५ को छनोट गरीने कम्पनीले जनाएक छ ।   उत्कृष्ट  सुचिमा रहेका टेक्निसियलाई भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजना गरिने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउने कम्पनीले जनाएको छ ।

विश्वव्यापी स्तरमै दुईपांग्रे सवारी साधनको क्षेत्रमा अग्रणी कम्पनीका रुपमा परिचित टीभीएस मोटर्सले विभिन्न देशका उत्कृष्ट टेक्निसियनहरूलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा  ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पु¥याउने लक्ष  राखेको  छ ।

प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्निसियनहरूको चयन गरिएको हो  ।

प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको श्रृंखलाले टेक्निसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान र ग्राहक सेवा सीपहरूको परीक्षा लिइएको थियो । सहभागीले  प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि कार्यक्रम उपयुक्त माध्यम बनेको बताएका थिए  ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार