CLI

दाङमा बैंक चोरी प्रयास, युवक पक्राउ

काठमाडौं । दाङको तुलसीपुरस्थित एक बैंकको शाखामा चोरी प्रयास गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ दुधरास निवासी २७ वर्षीय सन्तोष चौधरी रहेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चौधरीलाई आइतबार बिहान २ बजे तुलसीपुर उपमहानगरपालिका–५, बिपी चोकस्थित एनएमबि बैंकको शाखाभित्रैबाट पक्राउ गरिएको हो।

प्रहरीले मध्यरातमा बैंकमा शंकास्पद गतिविधि भएको सूचना पाएपछि टोली खटाएको थियो। अनुसन्धानका क्रममा चौधरीले बैंकको ताला फुटाएर भित्र प्रवेश गरेको पुष्टि भएको छ। पक्राउ गर्दा चौधरीको साथबाट चोरी गर्न प्रयोग हुने हथौडा, छिनो, ह्याक्सो लगायतका उपकरण बरामद गरिएको छ।

प्रहरीले चौधरीले प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको छ। बैंकमा रातिको समयमा सुरक्षा गार्डको व्यवस्था नभएकाले चौधरीले त्यसको फाइदा उठाउन खोजेको प्रहरीले जनाएको छ।

यस घटनामा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Leave Your Comment

Related News