काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । कम्पनीले यस अघि चुक्ता पुँजी बृदी गर्न जारी गरेको हकप्रदमा बिक्रि णभएको ४५२५७७ कित्ता शेयर लिमाम बढाबढमा बिक्रि गर्न लागेको हो ।
सो शेयरको लिलाम बढाबढमा सहभागी हुने ईच्छुक खरिददाताले २०८१ माघ २१ देखि २०८१ फागुन ५ सम्म के कति दर रेटमा सो शेयर खरिद गर्ने हो सो खुलाई गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ । शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० तोकिएकोले त्यो भन्दा बढी मूल्यमा आबेदन गर्नु पर्नेछ ।
हकप्रदको बिलकबोलमा भाल लिने खरिददाताले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौं, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका शाखा कार्यालयहरुः बिराटनगर शाखाः विरगञ्ज शाखाः पुतलीसडक केन्द्रिय कार्यालयः पोखरा शाखाः नेपालगञ्ज शाखाः बुटवल शाखा: सुर्खेत शाखाः धनगढी शाखाबाट १०० रुपैयामा फारम खरिद गरी आबेदन दिन सक्नेछन् ।
आबेदकले आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अङ्क र अक्षरमा स्पष्टसँग लेख्नु पर्ने, अङ्ग र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्ने कम्पनीले बताएको छ ।
शेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नियमक निकायले एउटा व्यक्ति वा संस्था / कम्पनीले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्ने कम्पनीले उल्लेख गरेको छ । रु. ५ लाख भन्दा बढी रकमको आवेदन दिने आवेदकले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नम्बर (PAN) आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ। बोलकबोलको लागि शिलबन्दी बोलपत्र पेश गर्दा फाराम बाहिर “ लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको साधारण शेयर खरीद आवेदन” र बोलपत्रदाताको नाम, ठेगाना, फोन नं. साथै डिम्याट खाता नं. उल्लेख गरी शिलबन्दी बोलपत्र लाहाछाप गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ ।