काठमाडौं । सरकारले १० अर्वको बिकास ऋण पत्र जारी गर्ने भएको छ । बिकास ऋण पत्र २०९१ को अबधि १० बर्षको हुनेछ । ऋण पत्रको ब्याददरको निर्धारण बोलकबोलको माध्यबाट तय गरिने छ । ब्याज भुक्तानी अर्ध बार्षिक रुपमा हुनेछ । यो ऋण पत्रमा बैङ्क तथा वित्तिय संस्था, गैर बैङ्क बित्तिय संस्था,बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
बोलकबोलको समय २०८१ माघ १५ गते बिहान १० बजे देखी २ बजे सम्म हुनेछ । ऋणपत्र खरिद गर्न चाहने खरिद कर्ताले domsप्रणालीकोwww.doms.gov.ne/csd/mainTree.doबाट आबेदन दिनु पर्ने छ । बिकास ऋणपत्र निश्कासन मिति २०८१ माघ १८ लाई तोकिएको छ । साँवा भुक्तानी २०९१ माघ १८ गते हुने छ । ऋणपत्र खरिद मार्फत प्राप्त ब्याज आम्दानीमा आयकर लाग्ने छ ।
यो ऋणपत्रको दोस्रो बजार कारोबाट नेपाल स्टक एक्सचेन्ज मार्फत हुनेछ । खरिद कर्ताले यो ऋणपत्र धितो राखी कर्जा लिन/दिन सक्नेछन् । ऋणपत्र खरिद गर्न आबेदन दिएका खरिदकर्ताको आबेदन रद्द भएमा ३ दिन भित्र रकम फिर्ता हुनेछ ।