काठमाडौं । एमएडब्लु वृद्धि अन्तर्गत ईभी ब्रान्ड सेरेसले २६ देखि ३० जनवरी, २०२५ सम्म “लिमिटलेस एक्सपिरियन्स” एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको घोषणा गरेको छ। यो राष्ट्रव्यापी कार्यक्रम नेपालभरका सबै सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ, जसमा काठमाडौं उपत्यका भित्र नक्साल, थसिखेल, भक्तपुर र नयाँबजारका चार र उपत्यका बाहिर पोखरा, बुटवल, चितवन, वीरगञ्ज र विराटनगरका शोरूमहरू मार्फत एक्सचेन्ज र टेस्ट ड्राइभ गरर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले यो ग्राहकहरूलाई विभिन्न विशेष अफर र सुविधा प्रदान गर्ने जनाएको छ । यसको साथै सेरेस ईभीहरूको अत्याधुनिक प्रविधि र पर्फर्मेन्सको बिषयमा ग्राहकलाई जानकारी दिने छ ।
यो अफर अन्तर्गत सेरेसले नगद छुट, नि:शुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य र बोनसहरू सहित आकर्षक उपहारहरु घोषणा गरेको छ ।
सेरेसले नेपालको लो मान्थाङभन्दा माथि ४६६० मा कोरला पास पुग्ने पहिलो ईभी बनेको छ ।
इभी सेरसमा बलियो निर्माण र आफ्नो खण्डमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्सको साथ सेरेस ईभीहरू केवल शहरी यात्राको लागि मात्र नभई नेपालको विविधतापूर्ण भूभागमा पुग्न र तपाईंलाई अविस्मरणीय एडभेन्चरमा लैजान डिजाइन गरिएका छन्।
नवप्रवर्तन, कार्यसम्पादन र दिगोपनमा ध्यान केन्द्रित गर्दै सेरेस ईभीहरूले नेपालको द्रुत रूपमा विस्तार भइरहेको विद्युतीय सवारी बजारमा नयाँ मापदण्डहरू स्थापित गरेको कम्पनीको दाबी छ ।
“यदि तपाईं ईभी गाडी लिन वा आफ्नो हालको गाडी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने सेरेस एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पले सुवर्ण अवसर प्रदान गर्दछ। सेरेससँगै ड्राइभिङको भविष्य अनुभव गर्न चाहने ग्राहकहरूलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं,” एमएडब्ल्यू वृद्धि मोटर्स प्रा.लि.का बिजनेस हेड प्रशन्न पन्तले भने।