CLI

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ आजबाट बिक्रि खुल्ला हुने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आजबाट वैदेशिक रोजगारीमा रहेका नेपालका लागि प्रा(थमिक शेयर) आइपीओ जारी गर्न लागेको छ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँबराबर आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा कुल निष्कासनको १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक श्रम स्वीकृति लिएर  रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो। यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयर खरिद आवेदन दिन सक्नेछन्। आवेदन माघ २९ गतेसम्म बैंकिङ समयसम्म दिन सकिनेछ।

आइपीओ जारी गर्ने क्रेस्ट माइक्रो लाइफ दोस्रो लघु बीमा कम्पनी रहेको छ ।

Leave Your Comment

Related News