काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको जनाइएको छ ।
सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।
यस अघि हिजो साँझ मात्र सत्ता घटक दलको बैठक बसि संसदको हिउदे अधिबेशनलाई ब्यस्थित गर्ने बढी भन्दा बढी कानून निर्माण गर्ने बारे छलफल गरिसकेका छन् ।
आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।