काठमाडौं । चार पांग्रे विद्युतीय गाडी (ईभी)को आयात नेपालमा बढेको देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ बराबरको ईभी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ७३ करोड २७ लाख १ हजार रुपैयाँ बराबरको ईभी आयात भएको थियो । समीक्षा अवधिमा ईभीको आयात २.९५ प्रतिशत अर्थात ३७ करोड ५३ लाख ६८ हजार रुपैयाँले बढेको छ ।
साउनदेखि पुससम्मको अवधिमा ५ हजार ४८० यूनिट ईभी आयात हुँदा सरकारले ८ अर्ब १६ करोड २३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालमा चीन, भारत, दक्षिण कोरिया, जर्मनी, अमेरिकाबाट ईभी आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
नेपालमा सबैभन्दा धेरै ईभी चीनबाट भित्रिने गरेको छ । ६ महिनाको अवधिमा चीनबाट ८ अर्ब ८४ करोड ५१ लाख ५६ हजार रुपैयाँ बराबरको ४ हजार २०५ यूनिट ईभी आयात भएको छ ।
भारतबाट ९७ करोड ९४ लाख ९९ हजार रुपैयाँ बराबरको ४८३ यूनिट ईभी आयात भएको छ ।
दक्षिण कोरियाबाट १ करोड २५ लाख ६८ हजार रुपैयाँ बराबरको २ यूनिट ईभी आयात भएको छ ।
जर्मनीबाट १३ अर्ब २८ लाख ५१ हजार रुपैयाँ बराबरको १९ यूनिट ईभी आयात भएको छ ।
अमेरिकाबाट १ करोड ६६ लाख ८ हजार रुपैयाँ बराबरको ४ यूनिट ईभी आयात भएको छ ।