CLI

डिजिटल भुक्तानी सेवा निःशुल्क गर्न रास्वपा सांसद निशा डाङ्गीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले डिजिटल भुक्तानी सेवालाई निःशुल्क गर्न सरकारसँग माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ।

आज रास्वपाका सांसद तथा संसदीय दलको सचेतक निशा डाङ्गीले अर्थ मन्त्री बिष्णु प्रसाद पौडेललाई नेपालमा डिजिटल भुक्तानी (Digital Transaction) लाई निःशुल्क गर्न ध्यानाकर्षण पत्र बुझाएकी हुन।

नेपाल सरकारले एकातिर डिजिटल नेपाल फ्रेमवर्कको खाका बनाएका विद्युतिय कारोबारलाई प्रोस्ताहन गरेको बताउछन र अर्कोतिर विद्युतिय कारोबारमा सानो मन गरेर कर लगाउने व्यवहारले सर्वसाधारणलाई थप आर्थिक भार पुर्याइरहेको रास्वपाले भनेको छ।

यही विषय उल्लेख गर्दै सरकारले आगामी दिनमा निःशुल्क डिजिटल भुक्तानी गर्न आवश्यक नीति तथा संरचना बनाई डिजिटल भुक्तानी प्रयोगकर्तालाई प्रोत्साहान गर्दै डिजिटल भुक्तानीलाई अझ सहज र प्रभावकारी बनाउन अनुरोध गरेको जनाएको छ।

Leave Your Comment

Related News