वाणिज्य बैंकहरुले सरकारलाई बुझायो १२ अर्ब बढी आयकर

काठमाडौं ।चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख नाफा कमाएका छन् । गत आर्थिक वर्षको तुलनामा उक्त नाफा ४.६२ प्रतिशतले भने घटी हो ।
वाणिज्य बैंकहरुले नाफा कमाए सँगै सरकारलाई आयकर बुझाएका छन् । समीक्षा अवधिमा वाणिज्य बैंकहरुले सरकारलाई आयकरस्वरुप १२ अर्ब ३६ करोड ६२ लाख बुझाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.२४ प्रतिशतले कम हो ।

समीक्षा अवधिमा राम्रो आम्दानी गरेका वाणिज्य बैंकहरुले सरकारलाई बढी आयकर तिरेको देखिन्छ । आम्दानी राम्रो भए सँगै कर पनि बढ्न जानु स्वभाविक देखिन हुदाँ बढी आम्दानी गरेका वाणिज्य बैंकहरुले सरकारलाई बढी आयकर तिरेका हुन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा सबैभन्दा बढी आयकर तिर्ने वाणिज्य बैंकहरुमा नबिल, नेपाल इन्भेष्टमेन्ट, प्रभु, ग्लोबल आइएमई, एभरेष्ट लगायतका बैंकहरु रहेको छ । ती बैंकहरुले १ अर्ब भन्दा बढी आयकर नाफाबाट बुझाएका हुन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा नबिल बैंकले १ अर्ब ३९ करोड ९२ लाख, नेपाल इन्भेष्टमेन्टले १ अर्ब २१ करोड ७६ लाख, प्रभुले १ अर्ब १८ करोड ७४ लाख, ग्लोबलले १ अर्ब १५ करोड २२ लाख र एभरेष्टले १ अर्ब ३ करोड २० लाख आयकर बुझाएका छन् ।

त्यस्तै एक अर्ब भन्दा कम आयकर तिर्ने वाणिज्य बैंकहरुमा सानिमा, एनएमबी, प्राइम लगायतका बैंकहरु रहेका छन् । समिक्षा अवधिमा सानिमाले ९० करोड १ लाख, एनएमबीले ८३ करोड ५५ लाख, प्राइमले ७९ करोड २३ लाख, स्टान्डर्ड चार्टरले ७० करोड ३१ लाख, हिमालयनले ६५ करोड २८ लाख र लक्ष्मी सनराईजले ५० करोड ७५ लाख आयकर बुझाएका छन् । मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले नै आयकर बुझाएका छन् । ती सम्पूर्ण बैंकहरुले आफनो नाफाबाट गरेको आम्दानीबाट आयकर बुझाएका हुन् ।

गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले १२ अर्ब ३९ करोड ५७ लाख आयकर बुझाएका थिए । गत आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा वाणिज्य बैंकहरुको नाफा २८ अर्ब ७६ करोड ५२ लाख रहेको थियो । जसले गर्दा नाफामा समेत वृद्धि भएको कारण सो वर्षमा आयरक समेत बढी तिरेको देखिन्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार