उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको १५६ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको मुनाफा १५६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ६३ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाको नाफा २४ लाख ९३ हजार रहेको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढे सँगै समग्रमा संस्थाको नाफामा उल्लेखनीय सुधार देखिएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा खुद ब्याज आम्दानी ११ करोड ७२ लाख ६३ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा खुद ब्याज आम्दानी ८ करोड ६ लाख ६३ हजार रहेको थियो ।

साथै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा ९१ लाख १८ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा सञ्चालन मुनाफा ३५ लाख ६२ हजार रहेको थियो । संस्थाको गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा ५.७४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खराब कर्जा ४.८३ प्रतिशत रहेको छ । हाल संस्थाको चुक्ता पुँजी २४ करोड ६८ लाख रहेको छ । संस्थाले रिजर्भ कोषमा १० करोड १ लाखको व्यवस्थापन गरेको छ ।

समिक्षा अवधिमा संस्थाको प्रति शेयर आम्दानी ५ रुपैयाँ १७ पैसा, प्रति शेयर नेटवर्थ १३३ रुपैयाँ ३७ पैसा, मुल्य आम्दानी अनुपात २९०.०६ र तरलता अनुपात ४.११ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार