काठमाडौं । त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले नेपाललाई १ सय ५८ रनको विशाल लक्ष्य दिएको हो ।
नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
नेपाललाई लक्ष्यसम्म पुग्न नदिन नेदरल्याण्ड्सकी इभा लिन्च र क्यारोलिन डे लैङ्गले समान दुई विकेट लिए । यस्तै आइरिस विलिङ र फ्रेडरिक ओभरडिकले एक÷एक विकेट लिए । नेपालको एक खेलाडी रन आउट भएकी थिइन् ।
नेपालका लागि सिताराना मगरले सर्वाधिक २८ रन बनाइन । यस्तै कविता जोशीले २७ रन र पुजा महत्तोले २४ रन बनाइन् ।
नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रनको बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि रोबिन रिके अविजित सर्वाधिक ५९ रन जोडिन् । स्ट्रि कालिसले २९ रन , हेटर सिगेर्स २३ रन र आरिस विलिङले३१ रन बनाईन् ।
नेपालका लागि कविता कुवँर, पुजा महतो, सिता राना मगर र इश्वरी बिष्टले समान १ विकेट लिइन् ।