CLI

नेपालको आर्थिक विकास गर्न अनुसन्धान तथा नवपर्वतन केन्द्र स्थापना गर्नु पर्छ _ विस्वास गौचन

काठमाडौं ।  अर्थ बिद् तथा अनुसन्धान कर्ता बिस्वास गौचनले नेपालको  आर्थिक बिकास गर्न नवपरवर्तन तथा अनुसन्धान प्रबर्धन  केन्द्र स्थापना गर्नु पर्ने बताएका छन् ।

उनी भन्छन “नेपाललाई कम्तिमा आधा दर्जन उच्च गुणस्तरको शिक्षा तथा सिप प्रदान गर्ने र नवपरवर्तन तथा अनुसन्धान प्रबर्धन गर्ने बिशिष्ट संस्थाहरु चाहिएको छ, परिक्षा केन्द्रित सिद्धान्त मात्र रटाउने सामान्य किसिमका बग्रेल्ती बिश्वबिद्यालय होइन | नेपालको सम्वृद्धि तथा भबिष्यको एउटा अत्यन्तै महत्वपुर्ण पाटो भनेको क्रमस: ज्ञान अर्थतन्त्रमा रुपान्तर हुदै जानु हो | उनले नेपालमा  बिशिष्ट किसिमको भूगोल र छिमेकीको कारण औद्योगिकीकरण मार्फत नेपाल सम्बृद्ध हुन सक्ने सम्भावना अत्यन्तै न्यून  रहेको ले नेपालको आर्थिक बकास र मदृदीको लागि नवपरवर्तन तथा अनुसन्धान प्रबर्धन  केन्दर् स्थापना गर्न  राज्य, निजि क्षेत्र र सरोकारवालाले यो कटु सत्य जति छिटो मनन गर्न सक्छ त्यति छिटो नेपाल सम्वृद्धिको सही दिशा तिर अगाडी बढ्ने आधार तय हुन्छ उनले भनेका छन् ।  |

उनले सूचना प्रबिधि तथा इञ्जिनॆरिङ्गव्यवस्थापन तथा हस्पिटालिटी स्वस्थ तथा चिकित्सा अध्ययन आँखा र दांतको स्वस्थ सम्बन्धि विशेष अध्ययन, व्यवसायीक सिपमुलक डिग्री प्राबिधिक सिप,अनुसन्धान तथा नवपर्र्तन जस्ता बिबिध बिषय सम्बन्धि बिशिष्ट संस्थाहरु तत्कालै स्थापना गर्न अति आवश्यक रहेको भन्दै सामाजिक सञ्चाल मार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले यी केन्द्रहरु स्थापना गर्दा  रणनैतिक हिसाबले यी सबै केन्द्रहरु एकै स्थानमा स्थापना गर्न उपयुक्त हुने बताएका छन् ।  | उनी संस्थाहरु एकै ठाउँमा स्थापना भए होस्टेल, क्यान्टिन, अत्याधुनिक कन्फरेन्स हल, खेलकुदको पूर्वाधार, पार्क, अन्तराष्ट्रिय स्तरको हस्पिटल, रेस्टुरेन्ट, पांच तारे होटेल, भब्य मल, अन्तराष्ट्रिय स्तरको सुचना प्रबिधि सम्बन्धि समग्र संरचना जस्ता साझा पूर्वाधारहरु निर्माण गर्न सहज र किफायति हुन्छ | यी बिबिध क्षेत्रले नेपालको भबिष्य प्रतिबिम्ब गर्ने कुरा उनले उल्लेख गरेका छन् ।

Leave Your Comment

Related News