आजबाट संसद वैठक सुरु हुँदै, अध्यादेश पेश हुने

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिबेशन आजबाट  सुरु हुँदैछ । आजको बैठकमा राष्ट्रपतिबाट प्रेसित अधिबेशन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसुची रहेको छ । साथै प्रधानमन्त्रीको कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउने,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्याहोरा पढेर सुनाउने,प्रतिनिधि सभा नियमावली, ०७९ को नियम १० बमोजिम बैठककको अध्यक्षता गर्ने माननीयको मनोनयन गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

आजको बैठकमा दलीय आधारमा माननीयले मन्तब्य राख्ने  साथै सुसासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न वनेको अध्यादेश २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिबृदि सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१, आर्थिक कार्यबिधि तथा वित्तिय दायित्व पहिलो संशोधन अध्यादेश २०८१ , नीजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश   र भूमि सम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न वनेको अध्यादेश संसदमा पेश गर्ने कार्यक्रम रहेको छ ।

आजको बैठकमा बजेट अधिबेशन सकिए पश्चात निधन भएका पुर्व सांसद तथा २०४८ सालको प्रतिनिधि सभाका सभामुख दमननाथ ढुंगाना र पुर्व सांसद रामजीप्रसाद शर्मा प्रति शोक प्रस्ताव पारित गर्ने रहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको हिउँदे अधिबेशन बोलाएका हुन् ।  सरकारले ल्याएका अध्यादेश फास्ट ट्रयागबाट पारित गर्ने सत्ता गठबन्धनको बैठकले निर्णय गरिसकेको छ ।

संसदको वैठकको आजको सम्भावित कार्यसुची

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार