CLI

वैदेशिक अनुदान रोक्ने ट्रम्पको निर्णय खारेज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार गर्दा गरेको निर्णय अमेरिकाको सङ्घीय कोषबाट दिइने अनुदान, ऋण र अन्य प्रकारका वित्तीय सहायता रोक्ने निर्णय खारेज भएको छ ।

अमेरिकी सरकारको सङ्घीय कोष परिचालन गरेर दिइने सहायतालाई तत्कालका लागि रोक लगाउने एउटा आन्तरिक पत्र ‘मेमो’लाई ह्वाइट हाउसले खारेज गरेको खबर आएको छ।

यसै साताको सुरुमा चुहिएर बाहिर आएको उक्त ‘मेमो’ले व्यापक रूपमा अन्योल उत्पन्न गरेको छ। उक्त ‘मेमो’ मङ्गलवारदेखि कार्यान्वयनमा आउने ठानिएको थियो यद्यपि त्यो कहिलेदेखि कार्यान्वयन हुन्छ भन्ने स्पष्ट थिएन।

त्यसले अमेरिकाको सङ्घीय कोषबाट दिइने अनुदान, ऋण र अन्य प्रकारका वित्तीय सहायतालाई तत्कालका लागि स्थगित गरिदिएको थियो। तर कार्यान्वयनमा आउनु केहीअघि एकजना न्यायाधीशले उक्त कदममाथि रोक लगाइ दिएका छन्। उनले फेब्रुअरी ३ अघि सङ्घीय कोषको रकम परिचालन रोक्ने कार्य गर्न नमिल्ने भन्दै रोक लगाइ दिएका हुन्।

ह्वाइट हाउसका अनुसार उक्त मेमोका कारण उत्पन्न कुनै पनि प्रकारको अन्योल हटाउनका लागि त्यसलाई फिर्ता लिइएको हो। यद्यपि अझै पनि अन्योल कायमै छ र ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले सामाजिक सञ्जाल एक्समा लेख्दै सङ्घीय कोष परिचालनमा रोक कायमै रहेको जनाएकी छन्।

बीबीसी न्यूज नेपालीबाट साभार

 

Leave Your Comment

Related News