आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारी खुलेको छ ।  कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश अन्तर्गतका केही शाखा र उपशाखा कार्यालयका लागि शाखा र उपशाखा प्रमुख माग गरेको हो ।

उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ्ग तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कार्य अनुभव भएको लाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ  । यसका साथै इच्छुक उमेद्वारलाई कम्प्यूटर सम्बन्धी दक्ष सीप भएक हुनु पर्नेछ र २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो बायो डाटा, नागरिकता शैक्षिक योग्यताको प्रमाणपत्र सहित आज माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ।

पारिश्रमिक र अन्य सेवा सुविधा कम्पनीको नियमानुसार हुने जनाईएको छ । कम्पनीले आबेदनको आधरामा प्रारम्भिक छनौटमा परेका उम्मेद्वारलाई थप प्रक्रियामा सहभागी गराउने छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी देशभर १५० भनदा बढी शाखा र उपशाखा मार्फत जीबन बीमा सम्बन्धि काम गरिरहेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार