काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांस घोषणा गरेको हो । इन्स्योरेन्सको हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको १० प्रतिशत २६ करोड ६५ लाख ४९ हजार ७३० रुपैयाँ बोनस शेयर र लाभांसमा कर प्रयोजनका लागि १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण हुनेछ ।