काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
होटलको गत पुस २६ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।
बिक्री प्रबन्धकमा नियुक्त भएसँगै अब सिटि होटलको हकप्रद शेयर निष्कासन सम्बन्धी सम्पूर्ण काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।